|

न्युजिल्यान्ड : समुन्द्री किनारमा अलपत्र रहेको व्हेलहरुलाई जोगाउन उद्दारकर्मीहरु सक्रियताका साथ लागेका छन्। दक्षिणी टापूमा रहेको गोल्डेन बेस्थित फेरवेल स्पिटमा भेटिएका ४ सय १६ पाइलट व्हेलमध्ये ७० प्रतिशतले शुक्रबार राति नै प्राण त्यागेको ' द गार्जियन'ले लेखेको छ।

सिएनएनले न्युजिल्यान्डको 'संरक्षण विभागले जारी गरेको विज्ञप्तिमा ४ सयभन्दा बढी व्हेलमध्ये कम्तिमा २ सय ५० मृत भेटिएको उल्लेख गरेको' जनाएको छ।

जीवित रहेका १ सयभन्दा बढी व्हेलको ज्यान जोगाउन संरक्षण विभागका कर्मचारी तथा सर्वसाधारणहरु शुक्रबार बिहान सक्रिय रुपमा खटिएका छन्। 'मैले देखेका दुखद घटनामध्ये यो एक हो। प्रकृतिको सुन्दर प्राणी किनारमा खेर गएको छ,' उद्दारमा खटिएका पिटर विल्सलाई उद्र्त गर्दै 'द गार्जियन' ले लेखेको छ।

समून्द्री किनारमा जीवित भेटिएका व्हेललाई उद्धारकर्मीहरुले सकुशल समून्द्रमा पुर्‍याउने कोसिस गरेका छन्। १ सय व्हेललाई समून्द्रमा पुर्‍याउने प्रयास गरेको र त्यसमध्ये ५० व्हेल समून्द्र सकुशल गएको उद्दारकर्मीहरुले बताएका छन्। समून्द्र छाडेर व्हेलहरु किन किनारमा आइपुगे भन्‍ने विषयमा सम्बन्धित अधिकारीहरु अनविज्ञ छन्।

तर समून्द्र छाडेर किनारमा अलपत्र परेका व्हेलहरुको ज्यान जोगाउन मुस्किल भएको उनीहरुले बताएका छन्। यसका लागि उनीहरुलाई समून्द्रमै फर्काउन न्युजिल्यान्डका सर्वसाधारणहरु स्वतस्फूर्त रुपमा उद्दारमा खटिएका छन्।

 'यहाँ झन्डै २ सय देखि ३ सयवटा कारमा मानिसहरु आएका थिए। उनीहरु सहयोगका लागि आएका हुन्। कम्तिमा पनि ३ सयदेखि ४ सय मानिस आएका छन्,' कन्जरफेसन कम्युनिटी रेन्जर काथ इनउडले सिएनएनसँग भनेकी छिन्।

धेरैले स्कुल, कार्यालय र व्यवसाय बन्द गरेर व्हेल जोगाउने अभियानमा सहयोग पुर्‍याएको अधिकारकर्मीहरुले बताएका छन्। समून्द्र छाडेर समून्द्री किनारमा आएपछि पानीको अभावमा व्हेलको मृत्यु हुने गरेको छ।

न्युजिल्यान्डमा प्रत्येक वर्ष केही संख्यामा व्हेलहरु यसरी समून्द्री किनारमा आउँछन्। तर यस वर्ष एकैपटक ४ सयभन्दा बढी व्हेल समून्द्री किनारमा आएका हुन्। न्युजिल्यान्डको इतिहासमा यति ठुलो संख्यामा व्हेलहरु किनारमा भेटिएको यो तेस्रो ठुलो घटना हो।

सन् १९१८ मा एकैपटक च्याथाम आइल्यान्डमा १ हजार व्हेल समून्द्री किनारमा भेटिएका थिए। अकल्यान्डमा सन् १९८५ मा एकैपटक ४ सय ५० व्हेलले समून्द्री किनारमा ज्यान गुमाएका थिए।

'उनीहरु एकैपटक यति ठुलो संख्यामा आउँदैनन्। एकपटक हामीले १ सय ८० को संख्यामा व्हेलहरु एकसाथ यात्रामा देखेका थियौ। किन उनीहरु आए? यसको जवाफ छैन्,' इनउडले भनेकी छिन्,'यसका धेरै सिद्धान्त छन्।'

व्हेलहरु किन यसरी समून्द्र छाडेर सामूहिक रुपमा किनारमा आउँछन् भन्‍ने विषयमा केही स्पष्ट छैन्। खराब मौसम, ठुलो आँधी, इन्फेक्सन,बच्चा जन्माउन कठिनाई आदि विभिन्न कारणले व्हेलहरु समून्द्र छाडेर किनारमा आउन सक्ने विज्ञहरु अनुमान गर्छन्। एउटा व्हेललाई पछ्याउदै अन्य व्हेलहरु समूहमा यसरी किनारमा आइपुग्न सक्छन्। तर एकैपटक ठुलो संख्यामा यसरी व्हेलहरुले समून्द्र छाडेका घटना भने कमैमात्र छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.