|

काठमाडाैं : सन् १९९९ को मध्यमा आएको बलिउड फिल्म 'हम दिल दे चुके सनम' बक्स अफिसमा निकै हिट भएको थियो। पारिवारिक सांगितिक प्रेम कथामा बनेको फिल्मले त्यस समय निकै चर्चासमेत कमाएको थियो। फिल्ममा अभिनेता सलमान खान र ऐश्वर्य राय बच्चनको मुख्य भूमिका छ। 

यो फिल्ममा समावेश कलाकार छनोटमा भने निर्माता निर्देशकले निकै मिहिनेत गरेका थिए। फिल्ममा सलामान खानलाई पहिलो रोजाइमा लिइने टुंगो लागे पनि अभिनेत्रीको हकमा पनि निकै समय लागेको थियो। 

१९९४ की मिस वर्ल्ड ऐश्वर्य राय बच्चनअघि केही अन्य अभिनेत्रीको नाम यो फिल्ममा जोडिएर आएको थियो। जसमा त्यसबेलाकी सुप्रसिद्ध बलिउडकी नायिका मनिषा कोइराला थिइन् उनलाई यस फिल्ममा अफर गरिएको थियो। तर मनिषाले आफूले नभ्याउने र अरु नै कुनै ‘बिग प्रोडक्सन’को मुभीमा काम गरिरहेको बताएकी थिइन्। मनिषाले यस फिल्ममा काम गर्न नसक्ने जनाएपछि यो फिल्म ऐश्वर्यको भागमा परिसकेकाे थिएन।

फिल्मका निर्माता तथा निर्देशक सञ्जय लीला भन्सालीले यसअघि ‘खामोसी’ फिल्मको निर्देशन गरेका थिए। जहाँ मनिषाको जबरजस्त अभिनय देखेपछि उनले यस फिल्ममा पनि ऐश्वर्यलाई दोहार्‍याउने बताएका थिए। मनिषाले अस्वीकार गरेपछि भन्सालीले यस फिल्मका लागि करिना कपुरसँग प्रस्ताव राखेका थिए। करिनाले पनि आफू ‘रिफ्युजी’ मार्फत अभिषेक बच्चनसँग बलिउडमा डेब्यु गर्न लागेको बताएकी थिइन्। त्यसपछि मात्र भन्सालीले ऐश्वर्यलाई यो फिल्ममा साइन गराएका थिए। 

सोही फिल्मबाट सल्मान खान र ऐश्वर्यबीच वास्तविक जीवनमा प्रेम सुरु भएको भनिन्छ। फिल्मले त्यस समय भारतीय बजारमा निकै राम्रो कमाइ गरेको थियो। यसमा समावेश गीत आजसम्म पनि बलिउडमा सबैभन्दा बढी मन पराइनेमा पर्छन्। उक्त फिल्मबाट ऐश्वर्यले फिल्म फेयर अवार्ड हात पारेकी थिइन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.