विश्व

अफगानिस्तानले तत्काल दुई हजार कैदी विद्रोही रिहा गर्ने

जेठ ११, २०७७

    एजेन्सी : तालीवानी समूहका कैदीहरूको रिहाइ प्रक्रियालाई थप शीघ्रता दिने अफगानिस्तानका राष्ट्रपति असरफ घानीले आइतबार बताएका छन्। तालीवान समूहले युद्धविरामको प्रस्ताव गरेपछि उनीहरुसँग तुरुन्तै ‘शान्ति वार्ता’ गर्न तयार रहेको बताएका छन्।  

    तालिबानले इद–उलफित्र बिदामा तीन दिनसम्म युद्धविरामको प्रस्ताव राखेको छ । मुस्लिम रमजानको एक महिना लामो उपवासपछि आइतवारदेखि सुरु हुने रमणीय माहोल अर्थात् आफन्तहरूलाई भोज गर्ने समयमा युद्धविराम गर्ने प्रस्तावलाई राष्ट्रपति घानीले तुरुन्तै स्वीकार गर्दै वार्ताको नयाँ चरणमा प्रवेश गर्न आफु तयार रहेको बताए। 

    ‘एक जिम्मेवार सरकारको रूपमा हामी अर्को एक कदम अगाडी बढ्छौं, म घोषणा गर्दछु कि तालिवान कैदी रिहाइ प्रक्रिया छिटो हुनेछ ।’ घानीले राष्ट्रलाई सम्बोधन गर्दै भनेका छन्। 

    अमेरिका–तालिवानी समूहबीच फेब्रुअरीमा हस्ताक्षर गरिएको सम्झौतामा अफगान सरकारले पाँच हजार तालिवान बन्दीहरूलाई रिहा गर्ने र विद्रोहीले झण्डै एक हजार अफगान सुरक्षा बलका कर्मचारीहरुलाई मुक्त गर्ने सहमति भएको छ ।

    सरकार र तालिबानबीच लामो समयदेखि अपेक्षा गरिएकोे शान्तिवार्ताका लागि आत्मविश्वास निर्माण गर्ने कदमका रूपमा कैदीको आदानप्रदान गर्ने सहमति सम्झौतामा भएको थियो । 

    काबुलले हालसम्म करिब एक हजार तालिवान कैदीलाई रिहा गरिसकेको छ भने विद्रोहीले ३ सय अफगान सुरक्षा बलका कर्मचारीहरुलाई मुक्त गरिसकेको छ।अमेरिकी सम्झौतामा हस्ताक्षर गरेदेखि अफगानी सेनामाथि क्रुर हमला गरेको विद्रोहीसँग सरकार ‘तुरुन्त’ शान्ति वार्ता गर्न तयार रहेको घानीले बताएका थिए। 

    यसैबीच अफगान राष्ट्रपतिले करिब दुई हजार बन्दीलाई रिहा गर्ने प्रक्रियालाई अघि बढाएको राष्ट्रपति घानीका प्रवक्ताले बर्ताएका छन्। उनले विद्रोहीको तीन दिन लामो युद्धविराम घोषणापछि राष्ट्रपतिद्वारा करिब दुई हजार विद्रोहीको रिहाइ हुन लागेको जानकारी गराएका हुन्। 

    राष्ट्रपतिका पवक्ता सेदिक सेदिक्कीले ट्वीटमार्फत दिएको जानकारीमा भनेका छन्– ‘राष्ट्रपतिले आइतबार करिब दुई हजार तालीवान बन्दीलाई रिहाइ प्रक्रियालाई घोषणा गगरेका छन्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]