|

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले इद उल फित्र पर्व मनाउनेक्रममा कोभिड–१९ बाट बच्नका लागि स्वास्थ्य सतर्कता अपनाउन सबैमा आग्रह गरेका छन्। 

इस्लाम धर्मावलम्बीको इद उल फित्र पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उनले यस पर्वले आपसी सद्भाव,  सहिष्णुता र भाइचाराको सन्देश दिने बताए।

नेपालमा मनाइने यस्ता पर्वले हामीबीच एकता र आपसी सद्भाव बढोत्तरी हुने विश्वास  व्यक्त गर्दै सभामुख सापकोटाले इद उल फित्रमार्फत यस कठिन घडीमा हामीबीचको भ्रातृत्व, सद्भाव र एकता कायम राख्न प्रेरणा मिल्नेछ भन्ने कामनासमेत व्यक्त गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.