कोभिड-१९ {अपडेट}

कोरोना जितेर घर फर्किन पाउँदाकाे खुशी (फोटो फिचर)

जेठ १२, २०७७

    पर्सा : वीरगन्जको नारायणी अस्पतालबाट कोरोना जितेर आइतबार राति १० बजेर ४५ मिनेटमा १८ जना डिस्चार्ज भएका छन्।  वीरगन्जको नारायणी र गण्डक अस्पतालमा उपचारार्थ ८७ जना संक्रमित मध्ये गएराति १८ जना संक्रमित कोरोना जितेर घर फर्किएका हुन्। 

    सबै एकाघरका

    डिस्चार्ज हुनेहरु सबै पर्साको वीरगन्ज ३ छपकैयाका एकै परिवारका सदस्य हुन्। उनीहरुमा परिवारका एक सदस्यलाई गएको बैशाख २१ गते संक्रमण पुष्टि भएको थियो। उनको कन्ट्याक ट्रेसिङ्ग गर्ने क्रममा बैशाख २४ गते सबै परिवारका सदस्य नै संक्रमित पुष्टि भएको थियो।

    दुई महिनाकी शिशुसहित एकै परिवारका उनीहरुको लगातार दुई पटक रिपोर्ट नेगेटिभ आएपछि गएराति डिष्चार्ज गरिएको नारायणी अस्पतालले जनाएको छ। डिस्चार्ज हुने १८ जनामा २ महिनाकी शिशु देखि ६६ वर्षका पुरुष सम्मका छन्।

    ईद  मनाउने 

    नारायणी र गण्डक अस्पतालमा गरी कुल ९६ जना संक्रमित उपचार गराइरहका मध्ये शनिबार मध्यान्ह नारायाणी अस्पतालबाट ९ जना कोरोना जितेर डिस्चार्ज भएका थिए। आइतबार अबेर १८ जनाको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएपछि ईदको पर्वका समयमा उनीहरुलाई घरमा नै जान पाउने गरी राति नै डिष्चार्ज गरिएको नारायणी अस्पतालले जनाएको छ। डिष्चार्ज हुने सबै मुस्लिम समुदायका एकाघरका हुन्। 

    दुई जना दुईपटक डिस्चार्ज 

    नारायणी अस्पतालमा कुल ७१ जना उपचार गराइरहेका मध्ये शनिबार ९ जना डिस्चार्ज भएका थिए। जसमा २ जना गएको बैशाख १४ गते पनि निको भई डिष्चार्ज भएका परेका छन्। उनीहरुमा शारिरिक समस्या भई पुनः बैशाख २१ गते अस्पताल भर्ना गरिएको थिया । पुनः भर्ना भएका मध्ये रौतहट इशनाथ नगरपालिकाका १९ बर्षीय युवक र एक भारतीय जमाती थिए।

    वीरगञ्जका २ महिने शिशुसहित एकै परिवारका १८ जनाले जिते कोरोना

    उनीहरु शनिबार डिस्चार्ज भएका ९ मध्येका हुन्। आइतबार राति १८ जना डिस्चार्ज भएपछि अब नारायणी अस्पतालमा कुल ४४ जना मात्र संक्रमित अस्पतालमा बाँकी रहेका छन्। उपचार गराइरहेका मध्ये २ जना पत्रकार पनि छन्।

    पर्सामा ७१ संक्रमित 

    पर्साको नारायणी र नारायणी अस्पतालकै अस्थायी नामले संचालित गण्डक अस्पतालमा रहेका संक्रमितको कुल संख्या भने अब ७१ छ। आइतबार पर्साका ३ जना संक्रमित थपिएपछि २ जना संक्रमितलाई गण्डक अस्पतालमा भर्ना गरिएको हो। एकजना भने पर्सा घर भई बारामा कार्यरत प्रहरी हवल्दार रहेकोले बाराको नै आइसोलेशन वार्डमा भर्ना गरिएको नारायणी अस्पतालले जनाएको छ। 

    फोटोमा हेर्नुहोस् घर फर्किन पाउँदाको खुसी 

तुलसी भण्डारी

भण्डारी थाहा खबरका पर्सा समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]