|

काठमाडौं : नेपाल एयरलाइन्सको ए ३३० जहाजले जापानको चार्टर्ड गर्ने भएको छ। मंगलबार राति ११ बजे २ सय ६० भन्दा बढी जापानी नागरिक लिएर जापानको फुकुहामा उडान भर्ने भएको हो।

लकडाउन कारण नेपालमा रोकिएका केही जापानी तथा नेपाली मुलका जापानी नागरिक लैजान नेपालस्थित जापानी दूतावासले निगमको बाइडबडी जहाज चार्टर्ड गरेको नेपाल वायुसेवा निगमका प्रवक्ता अर्चना खडकाले जानकारी दिइन्।

त्रिभुवन विमानस्थलबाट जापानको फुकुहामा अवतरण गरेर नेपाल फर्कने उनले बताइन्। उनले भनिन्,’ जापानी नागरिक लिएर गए पनि आउँदा कोही पनि ल्याइँदैन।‘ 

नेपाल एयरलायन्सले लकडाउन यता १६ वटा उडान भरिसकेको छ। ७ वटा कर्गो चार्टर्ड र ९ वटाले प्यासेन्सजर लिएर उडान भरेको प्रवक्ता खडकाले बताइन्।

कोरिया र  हङकङको लागि मिति तय भइनसकेको उनले जानकारी दिइन्। हङकङको लागि कुरा भइरहको छ त्यसको पनि चाँडै मिति तोकिने उनले प्रष्ट पारिन्।

यसअघि जेठ ९ गते निगमको वाइडबडी जहाजले १९७ नेपालीसहित जम्मा २६८ यात्रु लिएर वाइडबडी जहाज नारिता गएको थियो। जेठ २ गते निगमको वाइडबडी जहाजले दोस्रोपटक चार्टर्ड उडान गरेको थियो। गत चैत २८ गते निगमले नारितामा पहिलो चार्टर्ड उडान भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.