|

विराटनगर : भारततिर काउली निकासी गर्न लिएर जानुहोस्, सिमानाको क्वाइरेण्टाइन कार्यालयले वस्तुको नाम बन्दाकोभी लेख्नेछन्। मटरकोसा वा गोलभेडा नै लिएर किन नजानुहोस्, बन्दाकोभी नै टिप्नेछन्।

सीमा कटेर भारतीय  क्वारेण्टाइन कार्यालयमा पुग्नुहोस् त्यहाँका कर्मचारी खुशी मुडमा  भए त्यही नामलाई सदर गर्नेछन्। चित्त बुझेन भने थर्काउनेछन्, ‘त्यो बन्दाकोभी होइन, फिर्ता लैजानुस्।’ नेपालका तरकारीजन्य उत्पादनमध्ये भारतले बन्दाकोभीमात्र जान पाउने सूचीमा राखेको छ। त्यसैले जुन तरकारी पठाए पनि कागजमा बन्दा नै लेख्नुपर्ने बाध्यता भएको हो । त्यही कारण तरकारी निर्यात अत्यन्त झण्झटिलो बन्दै आएको छ।

‘यही नियमका आधारमा भारततिरका कर्मचारीले नेपाली व्यापारीलाई दिनु दुःख दिन्छन्’, एक निर्यातकर्ताले भने, ‘कहिले यो बन्दा होइन, फिर्ता लैजाऊ भन्छन्। कहिले कोलकाता पुर्याएर क्वारेण्टाइन जाँच पास गराएर ल्याऊ भन्छन् ।’ क्षेत्रीय प्लान्ट क्वारेण्टाइन कार्यालय झापाका प्रमुख सुखदेव मैनालीका अनुसार भारतले नेपाली कृषि उत्पादन निकासीका लागि ‘अन्तर्राष्ट्रिय मापदण्ड’ भन्दै कडा नियम बनाएको छ।

त्यसको दर्जामा नपुगेको भन्दै अधिकांश कृषि उपज निकासीमा नियन्त्रण गरेको छ। तर भारतमा ती उपजको अभाव हुँदा रोकछेक नगरी निकासी हुन दिन्छ।मैनालीका अनुसार केही समय पहिला भारतमा मागअनुसार अदुवा उपलब्ध हुँदा नेपालबाट पठाउन रोक लगायो। त्यसबेला उसले चीनबाट ल्याएर नेपालले भारतमा पठाएको भन्ने आरोप लगायो। पछि जब अदुवाको अभाव सुरु भयो, अलब्रिन विषादि परीक्षण गरेर लैजान थाल्यो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.