अस्पतालका सबैलाई क्‍वारेन्टाइनमा राखियो

|

पर्सा : परीक्षणको रिपोर्ट नआउँदै शव आफन्तलाई बुझाउने वीरगन्जको नेशनल मेडिकल कलेजमा सिल गरिएको छ। मृतकको रिपोर्ट कोरोना पोजेटिभ आएको जानकारी पाउनासाथ बाहिरी मानिसको आवतजावत न्यून गरी शिल गरिएको हो।

मृतकलाई उपचार गरिएको अस्पतालको वार्डमा शिल गर्ने धेरै मानिसको मोमेन्ट हुन नदिने र स्वास्थ्यकर्मीहरुको वारेमा बुझ्ने कामहरु भइरहेको जिल्ला प्रहरी कार्यालय पर्सा प्रहरी उपरीक्षक गंगा पन्तले बताइन्। अझ सूक्ष्म तरिकाले निगरानी गर्ने कन्ट्याक ट्रेसिङ गर्ने जस्ता काम गर्ने तयारी भइरहेको उनको भनाइ छ। 

अस्पताललाई कारबाही गर्ने निर्णय

यता, परीक्षणको रिपोर्ट नआई शव आफन्तलाई जिम्मा लगाउने मेडिकल कलेजलाई कारबाही गर्ने निर्णय पनि भइसकेको छ। स्वास्थ्य परीक्षणका लागि रिपोर्ट नआउँदै गएको जेठ ४ गते शव आफन्तलाई जिम्मा लगाउने मेडिकल कलेजलाई कार्वाही गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय पर्सामा सोमबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको जिल्ला प्रशासन कार्यालय पर्साका ललित कुमार बस्नेतले बताए। कारबाहीका लागि गृह मन्त्रालय मार्फत स्वास्थ्य मन्त्रलयमा सिफारिस गर्ने निर्णय भएको उनको भनाइ छ।

नेशनलको गम्भीर लापरवाही : रिपोर्ट नआउँदै आफन्तलाई बुझायो संक्रमितको शव

मृतकको उपचार भएको विभाग शिल गर्ने, उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई पीसिआर परिक्षणका लागि स्वाव संकलन गर्ने, क्वारेन्टाइनमा राख्ने र मृतकको सम्पर्कमा रहेका सबैको कन्ट्याक्ट ट्रेसिङ्ग गर्ने लगायतको काम अगाडी बढाउने निर्णय भएको पनि पर्साका सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए।

उपचारका लागि गएको जेठ २ गते १ बजे नेशनल मेडिकलमा भर्ना भएका करैयामाई ७ का ७० वर्षीय बृद्धको जेठ ४ गते राती निधन भएको थियो। निधन भएका बृद्धमा संक्रमण भएको सूचना पाएपछि अस्पतालले आइसीयू विभाग फ्यूमिगेशन गर्ने भनी आफैँ ९ गते बन्द गरेको छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.