|

नवललपरासी : पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले भिटिएम किट खरिद प्रकृया अगाडि बढाएको छ। भिटिएम किट अभाव भएपछि क्वोन्टाइनमा रहेकाहरुको स्वाब संकलन राकिएपछि खरिद गर्न लागेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताए।

सुस्तामा पछिल्लो समय भारतबाट घर फर्किनेहरुको संख्या बढेपछि क्वारेन्टाइनमा बस्नेको संख्यामा पनि बृद्धि भएको छ। गाउँपालिकाले विभिन्न ठाउँहरुमा निर्माण गरिएको क्वारेन्टाइनमा २०५ जना रहेका छन्।

केरोना संक्रमण भए नभएको पत्ता लगाउन पिसिआर विधिबाट परीक्षण गर्नका लागि स्वाब संकलन गर्न भिटिएम किटको आवश्यकता पर्दछ। गाउँपालिकाले आफ्नै खर्चमा तत्कालका लागि ४०० भिटिएम किट खरिद गर्नका लागि आवश्यक प्रकृया अगाडि बढाएको अध्यक्ष पाण्डेले जानकारी दिए। उनले ३/४ दिनभित्र किट आइपुग्ने र तत्काल २०० जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइने बताए।

जिल्ला स्वास्थ्य कार्यालयले आरडिटी विधिबाट कोरोना परीक्षण गरिरहेको छ। १४ दिन क्वारेन्टाइनमा बसेकाहरुलाई आरडिटी रिपोर्ट नेगेटिभ आए घर पठाउन सुरु गरिएको छ। आरडिटी किटको विश्वासनियता प्रभावकारी नदेखिएकाले आरडिटी परिक्षण नगरिने अध्यक्ष पाण्डेले बताए। 

सुस्तामा भारतबाट आएर क्वारेन्टाइनमा बसेका दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरुलाई भैरहवाको भिम अस्पतालको आइसोनेलनमा राखिएको छ। उनीहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको अध्यक्ष पाण्डेले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.