|

दाङ  : घोराही ९ भगुवार गाउँका एक युवकलाई कोठमाडौँमा स्वाब परीक्षण गर्दा कोरोनो पुष्टि भएपछि भगुवारको गुरैयाँ टोललाई शिल गरिएको छ। काठमाडौंस्थित एक अपार्टमेन्टमा सुरक्षा गार्डको काम गर्दै आएका ती युवकलाई दाङमै संक्रमण भएको आशंकामा उनको घर भएको टोल शिल गरिएको हो।

गत चैत १० हजुरआमाको शुद्धशान्तिका लागि घर आएका आएका उनी वैशाख ३१ गते काठमाडौं फर्किएका थिए। काममा जाने क्रममा अपार्टमेन्टले जेठ ४ गते उनको स्वास्थ्य जाँच गराएपछि उनमा कोरोना पुष्टि भएको वडा अध्यक्ष मानबहादुर बस्नेतले जानकारी दिए।

उनी फुपुको छोराले चलाउने एम्बुलेन्समा काठमाण्डौ गएका थिए।  उनीसँगै काठमाण्डौ गएका एम्बुलेन्स चालक, एक महिला र बच्चामा संक्रमण नदेखिएपछि दाङमै संक्रमण भएको हुन सक्ने उनले बताए।

 यद्यपि ती व्यक्तिलाई कसरी र कहाँबाट संक्रमण भयो भन्ने बारेमा केही खुलेको छैन। १७ घरधुरी रहेको गुरैयाँ टोलका नागरिकहरुलाई अहिले बाहिर निस्कन र बाहिरबाट गाउँ प्रबेशमा रोक लगाईएको वडा अध्यक्ष बस्नेतले बताउए। अहिले उनले भेटेका व्यक्ति र गएका ठाउँका नागरिकहरु त्रसित भएका छन्। उनलाई टेकु अस्पतालको आइसोलेशनमा राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.