कांग्रेस सांसदहरुले उठेर विरोध जनाए

|

काठमाडौं : रुकुममा तीनजना दलित युवकको हत्या भएको घटनामा त्यहाँका सांसद जनार्दन शर्मा प्रभाकरले बोल्ने क्रममा प्रतिनिधिसभामा हंगामा भएको छ।

जाजरकोटाका दलित युवकको रुकुमस्थित चौजारहरी नगरपालिकामा भएको हत्याका बिषयमा सांसदहरुले कुरा उठाइरहँदा संसदमा तनाव भएको हो।

पूर्वगहृमन्त्रीसमेत रहेका शर्मा र जाजरकोटका एक पूर्वमन्त्रीसहितले घटनाको ढाकछोपमा लागेको आरोप नेपाली कांग्रेसका सांसदहरुले लगाएका छन्।

शर्माले बोलिरहँदा कांगे्रेससहितका सांसदहरुले उठेर आपत्ति जनाएपछि सभामुख अग्निप्रसाद सापकोटाले पटक पटक सम्मालिन आग्रह गरेका थिए।

सभामुख सापकोटाले गृहमन्त्री रामबहादुर थापा बादललाई बोल्न दिँदा पनि तनाव भएको थियो। गृहमन्त्री थापाले यसबारे आजै राष्ट्रियसभामा पनि सांसदहरुको प्रश्नको उत्तर दिइसकेका छन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.