उदयपुर : चौथो उदयपुर गोल्डकपअन्तर्गत शनिबार सशस्त्र प्रहरी बलको एपीएफ र मोरङ–११ भिड्ने भएका छन्। खेल गाईघाटको थारुहट रंगशालामा दिउँसो ३ बज सुरु हुने आयोजकले जनाएको छ।
यसअघि शुक्रबार भएको खेलमा हिमालयन शेर्पा काठमाडौंले ४–१ गोलले घरेलु उदयपुर–११ लाई पाखा लगाएको थियो। गोल्डकप विजेताले २ लाख र उपविजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।