|

सूर्य तामाङ

खोटाङ : खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेस्थित वालिङ्खा प्राविका प्रअसहित तीनजना मृत फेला परेका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर–३ बाम्राङ घर भएकी ८३ वर्षीया मायालक्ष्मी राई सोही नगरपालिका वडा नम्बर–४ खाल्ले घर भएका ५२ वर्षीय पुण्यबहादुर बस्नेत र दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेका ज्ञान कुमार श्रेष्ठ मृत फेला परेका हुन्।

८३ वर्षीय वृद्धा मायालक्ष्मी राई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरी डाँडास्थित छोरीको घरबाट फर्कने क्रममा जेठ ८ गतेदेखि हराएकी मायालक्ष्मीको शव सोमबार राति दोर्पाचिउरी डाँडाकै मेवाखोला जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक आमोदकुमार खेरवारले बताए। बस्नेत मंगलबार बिहान आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

यस्तै, खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेस्थित वालिङ्खा प्राविका प्रअ श्रेष्ठ भने उदयपुरमा मृत फेला परेका छन्। ६ दिनदेखि सम्पर्क बिहिन बनेका प्रअ श्रेष्ठ त्रियुगा नगरपालिका–१३ मा पर्ने भुसुने सामुदायीक बनस्थित भुसुने खानेपानी योजनाको ट्यांकी नजिकै झुण्डिएको अवस्थामा फेला परेको जानकारी आएको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए। उनको पनि मृत्युको कारण खुलेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.