|

काठमाडौं : सद्भावना पार्टीले संविधान संशोधन नभई कुनैपनि तहको चुनावमा भाग लिन नसक्ने ठहर गरेको छ। शुक्रबारदेखि वीरगंजमा चलिरहेको राष्ट्रिय कार्यसमितिको विस्तारित बैठकले संविधान संशोधन नभएसम्म कुनैपनि तहको चुनाव हुन नसक्ने निष्कर्ष निकालेको हो।

संविधान संशोधन लगायत मधेसी मोर्चाका मागलाई सम्बोधन नगरिकन हुने चुनावमा पार्टीले भाग लिन नसक्ने निष्कर्ष निकालेको सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले जानकारी दिए।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध दलका केहीनेताले नेकपा (एमाले) सँगको छलफलमा प्रतिनिधिसभाको चुनावमा जान सकरात्मक जवाफ दिएको प्रति सद्भावनाले असन्तुष्टि व्यक्त गरेको छ। पार्टी महासचिव सुमनले माग पुरा नभएसम्म चुनावको कल्पना पनि गर्न नसकिने बताए।

सद्भावनाको शनिबारसम्म चल्ने विस्तारित बैठकमा संविधान संशोधनसँगै स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन, संगठन बिस्तार, दलहरुसँग भएका वार्ता लगायतका विषयमा छलफल हुने सुमनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.