जिल्लाभर १४ वटा कोरोनामैत्री एम्बुलेन्स सञ्चालनमा

|

दाङ : तुलसीपुर १७ बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा संक्रमित बिरामी बढ्दै गएका छन्। मंगलबार बर्दियाबाट ३ जना र अर्घाखाँचीबाट २ जना आएपछि अस्पतालमा संक्रमितको संख्या २७ पुगेको अस्पतालका प्रमुख डा सर्वेश शर्माले बताए।

अहिले अस्पतालमा दाङका ३ जना, बाँकेका ८ जना, बर्दियाका  ५  जना, कपिलवस्तुका ६ जना , रुपन्देहीका ३ जना र अर्घाखाँचीका २  जना राखिएको छ। ती सबैको अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ। त्यसैगरी दाङमा आजसम्म ३ हजार २ सय ८ जना क्वारेन्टाइनमा रहेका जिल्लाका कोभिड १९ फोकल पर्सन कमल चन्द्रले बताए। 

जिल्लामा ५ हजार ५ सय १ बेडको क्वारेन्टाइन स्थापना भएको छ। त्यसैगरी दाङमा १४ वटा कोरोनामैत्री एम्बुलेन्सवाट सेवा प्रदान गरिँदै आइएको छ। कोरोना संक्रमितलाई ओसारपसार र कोरोना आशंकाका बिरामीलाई क्वारेन्टाइनमा पुर्‍याउन १४ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए। 

तुलसीपुर क्षेत्रमा ४ वटा, घोराही र लमही क्षेत्रमा ५÷५ वटा एम्बुलेन्सलाई कोरोनामैत्री एम्बुलेन्सका रुपमा प्रयोग गरिएको उनले  बताए। 

तुलसीपुर क्षेत्रमा पवननगर, फूलबारी, विजौरी स्वास्थ्य चौकी र तुलसी हस्पिटलको एम्बुलेन्स रहेका छन्। त्यस्तै घोराही क्षेत्रमा नारायणपुर स्वास्थ्य चौकी, मितेरी हस्पिटल प्रालि, दाङ देउखुरी समाज, लायन्स क्लब अफ राप्ती अम्बिकेश्वरी, रोल्पाली सेवा समाजको एम्बुलेन्सलाई प्रयोग गरिएको छ। 

त्यस्तै लमही क्षेत्रमा लमही अस्पताल, देउखुरी उद्योग वाणिज्य संघ, सिसहनियाँ स्वास्थ्य चौकी, गढवा स्वास्थ्य चौकी र राजपुर स्वास्थ्य चौकीको एम्बुलेन्स प्रयोगमा ल्याइएको छ। 

अहिले जिल्लामाका १० वटै स्थानीय तहमा ती एम्बुलेन्स प्रयोग गर्ने गरिएको समेत उनले बताए। दाङमा अहिले जम्मा ७१ वटा एम्बुलेन्स सञ्चालित छन्। ती एम्बुलेन्सलाई पनि आवश्यकताअनुसार कोरोनामैत्री बनाएर प्रयोग गर्न सकिने उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.