|

मध्य अफ्रिकी मुलुक अंगोलास्थित एक फुटबल रंगशालामा भागदौड हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ। भागदौडमा एक सय भन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ। १० जनाको अवस्था गम्भीर छ।

अंगोलाको उत्तरी शहर उइगे शहरमा रहेको रंगशालमा 'ए डिभिजन लिग'को खेल हेर्न पुगेका दर्शकले रंगशालामा प्रवेश गर्न नपाएपछि प्रवेशद्वारमा आक्रमण गरेलगत्तै भागदौड मच्चिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

८ हजार दर्शक अट्ने क्षमता रहेको रंगशालामा क्षमताभन्दा धेरै दर्शक भएपछि प्रवेशमा रोक लगाइएको स्थानीय प्रशासनले जनाएको छ।  भागदौडका क्रममा नागरिकको  मृत्यु भएको  घटनाकाे छानविन गर्कोन राष्ट्रपतिले निर्देशन दिएको बीबीसीले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.