|

बर्दिया : दैलेखका कोरोना संक्रमित व्यक्तिसँगै आएका ठाकुरबाबा नगरपालिकाका नौजनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ।  संक्रमित चढेको बसमा आएका नौजनासहित स्वाब परीक्षण गरिएका ३० जनाको रिपोर्ट नेगेटिभ आएको हो।

केही दिनअघि भारतबाट आएर त्रिभुवन माध्यमिक विद्यालय भुरिगाउँको क्वारेन्टाइनमा बसेका ११, भारतबाटै आएर चुरे माध्यमिक विद्यालय बगनाहाको क्वारेन्टाइनमा बसेका १० जना गरी २१ जनाको पनि रिपोर्ट नेगेटिभ आएको ठाकुरबाबा नगरपालिका नेउलापुर स्वास्थ्य चौकीका ल्याब टेक्निसियन बलबहादुर खत्रीले जानकारी दिए।

दैलेखका संक्रमितसँगै एउटै बसमा चढेर आएका ठाकुरबाबा नगरपालिकाका नौजना भएको खुलेपछि नगरका तीन गाउँ सिल गरिएको थियो। वडा नम्बर २ को कर्मला गाउँ, वडा नम्बर ३ नेउलापुरको उत्तरजब्दा टोल र वडा नम्बर ५ को वनवीर गाउँ सिल गरिएकोमा रिपोर्ट नेगेटिभ आएसँगै सिल खुला गरिएको नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत रामहरि रिजालले जानकारी दिए।

आशंका गरिएका ब्यक्तिको रिपोर्ट नेगेटिभ आएसंगै सिल गरिएको क्षेत्रमा आवतनावतमा सुचारु गरिएको र स्थानियको त्रास पनि कम भएको छ । यो संगै बर्दियामा यस अघि संकलन गरिएका रिपोर्ट आउन बाकि रहेका सबैको रिपोर्ट नेगेटिभ आएको छ । 

यसअघि स्वाब संकलन गरी दाङ पठाइएका २ सय २ जनाको रिपोर्ट पनि नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरिक्षक कृषगोपाल चौधरीले जानकारी दिए । 

यस्तै सोमबार स्वाब संकलन गरिएका राजापुरका ६५ जना र मंगलबार मात्रै स्वाब संकलन गरिएका १० जना गरि ७५ जनाको भने रिपोर्ट आउन बाकी रहेको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गीरीको भनाई छ । बर्दियामा अहिले कोरोना सङ्क्रमितको सङ्ख्या ठ पुगेको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.