|

संखुवासभा : गुराँसको राजधानी भनेर चिनिने तिनजुरे मिल्के जलजले अर्थात् टिएमजे क्षेत्रमा गुराँस ढकमक्क फुलेको छ। टिएमजे संखुवासभा, तेह्रथुम र ताप्लेजुङको तीन जिल्लाको संगम स्थल  हो।

टिएमजे क्षेत्रको वन यो सिजनमा राताम्य छ। ढकमक्क फुलेको गुराँसले लकडाउनका कारण आफ्नो जवानी मानिसलाई देखाउन पाएको छैन। 

यस क्षेत्रमा चैत अन्तिम सातादेखि बैशाख अन्तिम सातासम्म लाली गुराँस फुल्ने सिजन भए पनि यो बेला पनि त्यसको सौन्दर्य कम भएको छैन। वनैभरि रातै गुराँस फुलेको देखेर जो कोहीको पनि मन लोभ्याउने गर्छ।

यस वर्ष विगतका वर्षहरुको तुलनामा गुराँस धेरै फुलेको तेह्रथुमकी तारादेवी दाहालले बताइन्। तर, लकडाउनका कारण सुनसान छ। 

विगतका वर्षहरुमा गुराँस हेर्न झापा, मोरङ, सुनसरी, धनकुटा र भोजपुर लगायतका जिल्लाहरुबाट हजारौं पयर्टक आउने गरेको थिए। अन्य वर्षहरुमा पर्यटकलाई खाना, खाजा बेच्दा भएको कमाईले वर्षभरी खान पुग्ने गरेको दाहालले बताइन्। तर, यस वर्ष लकडाउन कारणपर्यटक नहुँदा व्यापार नभएको र वर्षभरी कसरी खाने भन्ने चिन्ता लाग्न थालेको उनको चिन्ता छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.