|

सिन्धुली : चट्याङ लागेर कमलामाई नगरपालिकामा एक पुरुषको मृत्यु भएको छ। 

बुधवार बिहान पानीसँगै परेको चट्याङ लागि कमलामाई–४ देउरालीका ४२ वर्षीय बासु सापकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार कमलामाई–६ रातामाटाका मोहन सापकोटाको घरको तेस्रो तल्ला ढलान गर्ने क्रममा उनलाई चट्याङ लाग्दा घरबाट खसी घाइते भएका थिए। घाइते सापकोटालाइए उपचारका लागि जिल्ला अस्पताल सिन्धुली  लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो।

युवाको शव फेला

यस्तै, कमलामाई–२ भद्रकाली घर भइ वडा नम्बर ७ को वर्देउटारमा डेरामा बस्दै आएका २० वर्षीय कृष्ण विकको शव फेला परेको छ।

प्रहरी उपरीक्षक रन्जु सिग्देलका अनुसार मंगलबार बिहान डेराबाट काममा जान्छु भनेर हिँडेका विकको एक किलोमिटर पूर्वमा चिरान काठमाथि शव फेला परेको हो। प्रहरी उपरीक्षक सिग्देलले घटनाको छानबिन सुरु भएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.