|

काठमाडाैं : राष्‍ट्रिय प्रजाातन्त्र पार्टीले पनि संविधान संशोधनसम्बन्धी विधेयलाई समर्थन जनाउँदै पक्षमा मतदान गर्ने निर्णय गरेको छ।  राप्रपाका तीन अध्यक्षहरुको बैठकले संविधान संशोधन विधेयकलाई समर्थन गर्ने र विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको हो।

राप्रपा केन्द्रीय सचिवालय प्रमुखहरू धुव्रबहादुर प्रधान र भास्कर भद्राद्वारा जारी  विज्ञप्तिमा निशान छाप परिवर्तन गर्न संसदमा पेश भएको संविधान संशोधन विधेयकलाई समर्थन गर्ने र विधेयकको पक्षमा मतदान गर्ने राप्रपाले निर्णय गरेको जनाइएको छ।   

भारतले अतिक्रमण गरेको भूभाग लिम्पियाधुरा, कालापानी र लिपुलेकसमेत समेटेर सरकारले  ७ जेठमा जारी गरेको नेपालको पूर्ण नक्शालाई निशान छापमा अद्यावधिक गर्नसंविधान संशोधन गर्न लागिएको हो।

संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता भइसकेको छ। कांग्रेसले समय मागेपछि आज दिउँसो २ बजेबस्ने संसद बैठकमा भने संविधान संशोधन प्रस्ताव पेश नहुने भएको छ।

यसअघि कार्यसूचीमा राखिएको संविधान संशोधन प्रस्तावलाई हटाइएको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.