|

दमक : तीन वर्षको बाल्यकालमा नै जर्मनी पुगेका झापाका एक धिमाल युवक २० वर्षपछि आफ्नो परिवार खोज्न नेपाल आएका छन्।

जर्मन दम्पतिको धर्मछोराको रुपमा सानै उमेरमा जर्मनी लगिएका सुनिल धिमाल परिवार खोज्दै उनी नेपाल आएका हुन्। आफू धिमाल भएको थाहा पाएपछि जन्मभूमिमा उनले परिवार खोज्दै उनी चार महिनादेखि नेपालमा छन्। अनाथ भएका कारण काठमाडौंको थापाथली चिल्ड्रेन होममा राखिएका सुनिललाई जर्मन नागरिक आमा क्रिस्टियना र बुबा एलेमले लगेका थिए।

धिमाल समुदायको भेलामा सहभागी भएका बेला उनी दमकमा आफ्ना परिवार खाज्दै आइपुगेका छन्। उनी भन्छन्‘ मेरो बुबा,आमा को हुन् भनेर परिवार खोज्न यता आएको हुँ।’

नेपाली लेख्न, बोल्न समेत नजान्ने उनी अहिले २२ वर्ष पुगेका छन्। नेपालबाट धर्मपुत्रका रुपबाट जर्मनी पुगेपछि उनले यतिका समय उतै बिताए। त्यहाँको मावि स्तरको पढाई पूरा गरिसकेका उनका धर्मबुवा  र आमाले पहिलोपटक नेपाल देखाउन ल्याएका हुन्। सुनिल भन्छन् ,‘चार महिना भइसक्यो यहाँ आएर मैले मेरो परिवारको खोजीमा छु।’

अहिले सुनिलको राहदानीमा नाम सुनिल बेर्गर वाल्डेन्स उल्लेख छ। सुनिलले आफू नेपालको धिमाल समुदाय भएको कुरा गर्दै भने,‘ बुबाले मेरो जन्म नेपाल र थर धिमाल भनेपछि यहाँ खोजी गर्दै आएको हुँ ।’

सुनिललाई झापा ल्याउन सहयोग गर्ने स्वाबलम्बन नेपाल नामक संस्थाका स्वयंसेवक परिचालन संयोजक राजकुमार तिम्सिना र फिल्ड वर्कर राजकुमार घोर्सानीको साथ लिएर उनी अहिले पूर्वका धिमाल बस्तीमा आफ्नो परिवारको खोजीमा छन्। शारीरिक वनावट र अनुहारको रंगले समेत धिमाल समुदाय जस्तै भएका सुनिल मेरो छोरा, नाति हो भनेर केहिले दावी गरेपनि अन्य कारणले मेल नखाएको घोर्साने बताउँछन्। उनले भने,–‘ सुनिल मेरो सन्तान भनेर कसैले दावी गर्ने गतिलो प्रमाण भने जुटाउनुपर्छ।’

कसैले मेरो र फलानोको नाता,गोता भनेर सुनिलाई दावी गरिए वैज्ञानिक प्रमाणका लागि डिएनए परीक्षण समेत गरिने तिम्सिना बताउँछन्। भन्छन्, ‘ कसैले उनलाई आफना वंशज भनेर ठाने त्यसको वैज्ञानिक, अनुसन्धानत्मक पाटो थाल्ने छु।’

उनीहरुले झापा र मोरङका केही बस्तीमा पुगेर त्यहाँका प्रवुद्ध तथा बुढापाकाहरु भलाकुसारी गरिसकेका छन्। जर्मनी बुवा आमालाई न त सुनिलको बारेमा थाहा छ न त अनाथ पाल्ने संस्थालाई नै सुनिलको ठाउँ, ठेगाना पत्तो छ। सुनिल भन्छन्,‘ मेरो परिवार कता छन्, खोज्दै हिँडेको छु ।’

धिमाल अगुवाहरुले पनि उनको शारीरिक बनावट, वर्ण हेर्दा धिमाल नै भएको तर्क गर्छन्। धिमाल जातीय विकास केन्द्र झापाकी अध्यक्ष नेत्रकुमारी धिमालले सुनिलको शारीरिक बनावट धिमालनै नभएको जिकीर गर्छिन्। शारीरिक वनावट मिले पनि उनी कसको सन्तान हुन भनेर छुट्टयाउन भने निकै कठिन हुने उनको भनाई छ।

सुनिलले उनको ठाउँ ठेगान र बुबाको नाम मात्र थाहा पाउन सकेको भए ठम्याउन सकिने उनले जनाए। भन्छन् ‘ उति टाढाबाट सुनिलले अहिले आफनो परिचय खोज्नु आफैमा महान हो। हामी संस्थागत रुपले समेत उनको परिवार खोज्न सहयोग गर्छौं।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.