|

काठमाडाैं : सांसद राजेन्द्र कुमार केसीले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई कोरोना परीक्षणका लागि आरडिटी किट प्रयोग गरिरहेकोबारेमा प्रश्‍न गरेका छन्।

उनले कोरोना परीक्षणमा विश्‍वले नै भरपर्दो नभनेको आरडीटी नै रोजेको भन्दै स्वास्थ्यमन्त्री ढकालसँग जवाफ माग गरेका हुन्। बुधबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद केसीले आरडीटीले सही नतिजा नदिएर समाजमा आतंक फैलाइरहेकाले जवाफ माग गरेका हुन्।

‘आरडीटी चेक गर्दा पोजेटिभ देखियो। पिसिआर गर्दा केही देखिएन,’ उनले भने, ‘यसलाई विश्‍व स्वास्थ्य संगठनले पनि रिकमेन्ड गरेको छैन, नेपालकै नेपाल हेल्थ रिसर्च सेन्टरले पनि गरेको छैन', उनले सोधे, 'स्वास्थ्यमन्त्रीज्यू फेरि आरडिटी नै किनेर जनतालाई किन अलमलमा पार्नु हुन्छ? त्यसको मलाई जवाफ चाहियो।’

उनले कोरोना परीक्षणकf लागि पीसीआर नै अन्तिम विकल्प भएको बताउँदै आरडlटीको नाममा जनतालाई भूलभुलैयामा नराख्‍न पनि आग्रह गरे।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.