|

काठमाडौं : रुकुमको चौरजाहरी नगरपालिकास्थित सोतीका स्थानीयले लखेटेर आक्रमण गर्दा भेरीमा हेलिएर बेपत्ता तीन युवकको खोजी थालिएको छ। बेपत्ता भएका जाजरकोटका तीन युवकको सशस्त्र प्रहरीको गोताखोरहरुले खोजी थालेका हुन्। 

जाजरकोटस्थित आश्रित गुल्मबाट डिएसपीको कमाण्डमा ४ जना गोताखोरसहित ११ जना र सशस्त्र प्रहरी बल नं. ४७ गुल्म पश्‍चिम रुकुमबाट सशस्त्र प्रहरी नायव निरीक्षकको कमाण्डमा ४ जना विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीसहित १८ जनाको टोलीले खोजी थालेको हो। 

शनिबार सोतीस्थित वडाअध्यक्ष डिल्ली मल्लसहितले आक्रमण गर्दा ज्यान गुमाएकामध्ये तीनजनाको शव भेरी किनारमा भेटिएको छ। भेरी नगरपालिका-४ का नवराज विकसहित सोही ठाउँका गणेश बुढा र पश्चिम रुकुमको चौरजहारी नगरपालिका१ का टीकाराम सुनारको शव भेटिएको छ।

तर जाजरकोटको भेरी नगरपालिका-११ का लोकेन्द्र सुनार, गोविन्द शाही र वडा नं. ४ का सन्दीप विक अझै बेपत्ता छन्। घटनामा १२ जनाभन्दा धेरै घाइते भएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.