|

काठमाडौं : पश्चिम रुकुममा भएको हत्याका दोषीलाई कारबाहीको माग गर्दै माइतीघरमा बुधबार पनि प्रदर्शन गरिएको छ। विद्यार्थी तथा दलित अगुवाहरुले अन्तरजातीय विवाह गर्न खोजेकै कारण हत्या गरिएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको माग गरेका छन्। जातीय विभेदका कारण देशलाई आन्तरिक युद्धमा नधकेल्न पनि प्रदर्शनकारीहरुले आग्रह गरेका छन्।

‘हत्यारालाई फाँसी दे, स्टप किलिङ दलित, मानवीय समवेदना कता गयो?, न्याय हराएको देश, देशलाई आन्तरिक युद्धमा नधकेल’ भन्ने नारा लेखिएका प्लाकार्डसहित प्रदर्शन गरिएको हो। रुकुम पश्चिमको चौरजहारीमा भएको घटनाको छानविन गर्दै प्रदर्शन गरिएको हो।

अन्तरजातीय प्रेम सम्बन्धलाई लिएर शनिबार भएको घटनामा जाजरकोटको भेरी नगरपालिका ४ का नवराज विक, गणेश बुढामगर र चौरजहारी नगरपालिका १ का टीकाराम सुनारको शव भेरी नदीमा भेटिएको थियो। अहिले भेरी नगरपालिका ११ का लोकेन्द्र सुनार, सन्दीप विक र गोविन्द शाही सम्पर्कविहीन छन्।

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.