सुर्खेत : कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या ३८ पुगेको छ। बुधबार थप १५ जनामा कोरोना पुष्टि भएसँगै यो प्रदेशमा संक्रमितको संख्या ३८ पुगेको हो।
प्रदेश अस्पताल सुर्खेतका निर्देशक डम्बर खड्काले यसको पुष्टि गरेका छन्। उनका अनुसार बुधबारसम्म सुर्खेत र दैलेखमा सबैभन्दा धेरैसहित २३ जना संक्रमित थिए।
खड्काले बुधबार भेटिएका १५ संक्रमितको ठेगानाबारे केही खुलाएका छैनन्। बुधबार देशका अन्य भागमा पनि ५० भन्दा धेरै कोरोना संक्रमित भेटिएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।