|

  • गोविन्द महतो-

जनकपुरधाम : आधुनिक जनकपुर निर्माणको माग सहित सात सुत्रीय माग राखी आमरण अनसन बस्नेमा तीन जना पुगेका छन्। वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष रामकुमार शर्मा र नयाँ शक्ति पार्टीका प्रदेश नं. २ को सह–संयोजक कदामुद्दिन राईनसंगै महोत्तरी एकरहिया २ का मिथलेश्वर दास पनि अनसनमा बसेका हुन्।

विगत ९ दिनदेखि चलिरहेको आन्दोलन प्रति सरकारले गम्भीरता देखाउन नसकेपछि आन्दोलनलाई थप गति दिन आफू पनि अनसमा बसेको दासले बताए। नौं दिनदेखि जनकपुरको जनकचोकमा आमरण अनसन बसेका अनसनकारीको अवस्था नाजुक बन्दै गएपछि उद्योग वाणिज्य संघकाका अध्यक्ष शिवशंकर साह हिराले आन्दोलनमा समर्थन जनाउदै आफू स्वयं विकास आन्दोलनको पक्षमा रहेको बताएका थिए।

आधुनिक जनकपुर निर्माणको आन्दोलनको हिराले यसअघि समर्थन गर्दै विकासको सवालमा जनकपुर उद्योग वाणिज्य संघ पछि नहटने वचनवद्धता व्यक्त गरेका थिए। ' विकासमा कुनै सम्झौता हुदैन, यदि जरुरी पर्‍यो भने म आफै पनि आन्दोलनको विगुल फुक्न तयार छु।'

आमरण अनसनमा बसेका वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष रामकुमार शर्मा र कदामुद्दिन राईनको स्वास्थ्य अवस्था विग्रिएपछि उनीहरुलाई स्लाइन पानी समेत दिन थालिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.