|

कालिकोट : ३१ वर्षदेखि निर्माण थालिएको कोटबाडा विमानस्थलमा तारा एयरको विमानले परीक्षण उडान गरेको छ। विमानस्थलको निर्माण कार्य पूरा भएपछि शुक्रबार परीक्षण उडान गरिएको हो।

विमानस्थल निर्माण निकै सुस्त गतिमा भएपनि हुम्लाका जनप्रतिनिधि जीवनबहादुर शाही संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बनेपछि काम तिब्र भएको थियो।

२०४२ सालमा निर्माण थालिएको विमानस्थलमा पहिलो पटक परीक्षण उडान हुनु कालिकोटका लागि खुसीको बिषय भएको पूर्व जिल्ला विकास समितिका सदस्य कटकबहादुर बिष्टले बताए। ‘विमानस्थलको सुस्त गतिमा निर्माण कार्य भएकाले ढिला बनेको छ’ उनले भने, ‘यो कालिकोटबासीका लागि खुशीको अबर हो, अब उडान नियमित गर्न जरुरी छ।

’लामो समयपछि विमानस्थलमा परीक्षण उडान भएकोमा गाउँबाट सयौं मानिस हेर्न आएका थिए। परीक्षण उडान गर्ने पाइलटहरुलाई भब्य स्वागत समेत गरेको स्थानीय गजेन्द्रबहादुर शाहीले बताए। ‘परीक्षण उडान हेर्न हजारौं मानिस विमानस्थलमा आएका छन्’ उनले भने,–‘पाइलटको टोलीलाई भब्य स्वागत समेत गरिएको छ।’

जीवनबहादुर शाही पर्यटन तथा नागरिक उड्ययन मन्त्री बनेको ६ महिनामा ३ पटक छड्के जाँच गरिसकेका छन्। अब नियमित उडानका लागि प्रयास गरिने मन्त्री शाहीको सचिवालयका सदस्य दमनबहादुर शाहीले बताए। ‘मन्त्री ज्यूको लामो प्रयासपछि परीक्षण उडान भरिएको हो’ उनले भने, ‘मन्त्रालयले नियमित उडानका लागि तयारी गरिरहेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.