एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत–चीन सीमा विवादमा मध्यस्थता गर्ने प्रस्ताव राखेका छन्।
बुधबार ट्वीट गर्दै उनले भनेका छन्, 'हामीले भारत र चीन दुवैलाई सीमा विवादमा मध्यस्थता गर्न अमेरिका इच्छुक र समर्थ गरेको जानकारी गराइसकेका छौं।'
बुधबारमात्रै चीनले भारतसँगको सीमाक्षेत्रको स्थिति 'पूर्ण स्थिर र नियन्त्रणित' रहेको जनाएको थियो। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले एक पत्रकार सम्मेलनमा आपसी मुद्दा समाधानका निम्ति दुवै देशका सञ्चार संयन्त्र सक्रिय रहेको जनाएका थिए।
उनले भने, 'हामी आफ्नो क्षेत्रीय संप्रभुताको रक्षा र सीमा क्षेत्रमा शान्ति तथा स्थिरता कायम गर्न प्रतिवद्ध छौं। चीन–भारत सीमाको स्थिति पूर्ण स्थिर नियन्त्रणीय अवस्थामा छ। हामी आपसी छलफलबाट समस्या हल गर्न सक्षम छौं।'
भारतले सीमावर्ती भूभाग अतिक्रमण गरी अवैध निर्माण कार्य गरेको आरोप लगाउँदै आएको चीनले भारतलाई परिस्थिति जटिल हुनेगरी कुनै कार्य नगर्न भनेको छ।
भारत–चीनबीच सीमा क्षेत्रमा तनाव उत्पन्न भएको खबर आइरहेका बेला ट्रम्पको प्रस्ताव आएको हो। ट्रम्पले यसअघि पनि भारत–पाकिस्तानबीच मध्यस्तताको प्रस्ताव राखेका थिए। भारतले बेवास्ता गरेपछि ट्रम्पको उक्त प्रस्ताव छायामा परेको थियो।
We have informed both India and China that the United States is ready, willing and able to mediate or arbitrate their now raging border dispute. Thank you!
— Donald J. Trump (@realDonaldTrump) May 27, 2020
तपाईंको ईमेल गोप्य राखिनेछ ।