|

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधान संशोधनको प्रस्ताव संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको सम्भावित कार्यसूचीबाट हाटाइएको विषयमा गम्भीर ध्यानाकर्षण गराएको छ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले बुधबार बेलुका एक विज्ञप्ति जारी गर्दै प्रस्ताव हटाइएको विषयमा दलको ध्यान गम्भीरतापूर्वक आकर्षित भएको जनाएका हुन्।

संविधान जस्तो विषयमा सरकार प्रतिपक्ष र संसदमा रहेका दलहरू एक ठाउँमा उभिएर अघि बढ्न सकिने स्थिति निर्माण गर्ने लाग्नुभन्दा सम्भावित कार्यसूचीबाट प्रस्ताव हटाउने कार्यलाई उनले गम्भीरतापूर्वक लिएको उल्लेख गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.