|

काठमाडौ :  वीरगन्जको गण्डक अस्पतालको आइसोलेसन वार्डमा रहेका ४ जना संक्रमित बुधबार साँझ डिस्चार्ज भएका छन्। निको हुने संक्रमितमा २ पुरुष २ महिला छन्।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेड मदन कुमार उपाध्यायकाअनुसार संक्रमित सबै पर्साका हुन्। डिस्चार्ज हुने पुरुषमा २८  वर्षीय ऐजुला अन्सारी र २७ वर्षीय अर्मान अली रहेका छन्। ३२ वर्षीय नजरा खातुस र शाभम खातुस रहेका छन्।

पछिल्लो ४ दिनयता पर्साको नारायणी र गण्डक अस्पतालको आइसोलेसन वार्डबाट ९५ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन्।यो सँगै देशभर कोरोना जित्नेको संख्या १ सय ८७ पुगेको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.