|
फाइल फोटो

हेटौंडा : गणतन्त्र दिवसको अवसरमा मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकास्थित भीमफेदी कारागारका एक बालबन्दीसहित ८ जनालाई कैदमाफी दिइएको छ। भीमफेदी कारागार कार्यालयले सिफारिस गरेका १५ जनामध्ये ८ जनालाई कैदमाफी दिइएको हो।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज कैदमाफीको निर्णय गरेकी हुन्। विभिन्न मुद्दामा दोषी ठहर भई बन्दी जीवनमा असल आचरण प्रस्तुत गरेका, ५० प्रतिशतभन्दा बढी कैद भुक्तान गरिसकेका व्यक्तिको कैदमाफीका लागि सरकारले सिफारिस गरेको हो।

कैद माफी पाउनेमा हेटौंडा–१७ का रुपेश नेपाल, सर्लाहीका अब्बु मोहम्मद अन्सारी, नवलपुरका मानबहादुर महतो, बर्दियाका केशवबहादुर भुजेल, गुल्मीका नरबहादुर सार्की, काभ्रेका रोमन लामा र महोत्तरीका टंकबहादुर खड्का रहेको भीमफेदी कारागारका प्रमुख प्रकाश खनालले जानकारी दिए। भीमफेदी कारागारमा अहिले ९६० जना कैदीबन्दी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.