|

दैलेख : दैलेखका थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४६ पुगेको छ। दैलेखमा मात्रै १६ जना संक्रमित भेटिएका छन्।

दैलेखबाट प्रदेश अस्पतालमा पिसिआर परीक्षणका लागि पठाइएका ८ जनाको रिर्पोट पोजेटिभ आएको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए। 

यस अघि कोरोना पुष्टि भएकामा नारायण नगरपालिकाका २ जना, डुंगेश्वर गाउपालिकाका ३ जना, आठबीस नगरपानलिकाकाका १ जना र गुराँस गाउँपालिकाका २ जना थिए। बिहीवार पुष्टि भएका ८ जना पनि नारायण नगरपालिकाका हुन्।

प्रदेश अस्पताल सुर्खेत पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा बिहीवार कोरोना पुष्टि भएका नारायण नगरपालिका १ का २६ वर्षीय पुरुष नारायण नपा-३ का १९, ३० ३६, ४० पुरुष, नारायण नपा-४ का १ वर्षीय बालक, २० वर्षीया महिला र नारायण ५ का १५ वर्षीय पुरुष रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.