सोलुखुम्बु : हिमाली जिल्ला सोलुखुम्बुमा पहिलो कोरोना संक्रमित भेटिएको छ। सोलुदुधकुण्ड नगरपालिकाका एक पुरुषमा कोरोना पोजेटिभ देखिएको सोलुखुम्बु प्रशासनले जनाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा दोस्रो पटक गरिएको पिसिआर परीक्षणका क्रममा उनको रिपोर्ट पोजेटिभ देखिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी रमा आचार्यले जानकारी दिइन्। जिल्ला अस्पताल फाप्लुको आईसोलेशन वार्डमा राखेर उपचार भईरहेको उनलाई थप उपचारको लागि कोरोना अस्पताल बिराटनगर पठाउने तयारी भईरहेको उनको भनाई छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।