धेरै संक्रमित भारबाट आएर क्वारेन्टानइमा बसेका
धेरै संक्रमित भारबाट आएर क्वारेन्टानइमा बसेका
भद्रपुर, (झापा) : झापामा बिहीबार थप २५ जना कोरोना संक्रमित पुष्टि भएको छ।
कोशी अस्पताल विराटनगरको प्रयोगशाला गरिएको पीसीआर परीक्षणमा झापामा थप २५ जनामा कोरोना संक्रमित पुष्टि भएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिए। सबै कचनकवलका क्वारेन्टाइन बसेकाबाट पुष्टि भएको उनले बताए।
कचनकवल गाउँपालिकामै २५ जना थपिएसँगै झापामा कोरोना संक्रमितको संख्या ७९ पुगेको छ। कचनकवलमा मात्रै संक्रमितको संख्या ७३ जना पुगेको हो। कचनकवलमा बुधबार मात्रै १५ जना थपिएका थिए। गाउँपालिकाले १६२ जनाको स्वाब परीक्षणका लागि पठाइएको थियो।
त्यसमध्ये बुधबार ५६ जनाको रिपोर्ट आएकोमा बिहीबार अन्यको रिपोर्ट आउँदा संक्रमितको संख्या बढेको बताइएको छ।
क्वारेन्टाइनमा बसेका सबै भारतको संक्रमित क्षेत्र मुम्बई, दिल्ली, गुजरात, तामिलनाडु भन्ने स्थानबाट आएका हुन्। गाउँपालिकाकामा अहिलेसम्म भारतबाट ४ सय बढी नेपाली नागरिक आइसकेका छन्।
यसअघि झापामा बाह्रदशी गाउँपालिका र गौरदाह नगरपालिकामा दुई/दुई जना र झापा गाउँपालिका र दमक नगरपालिकामा एक एक जना संक्रमित भेटिएका थिए। योसँगै प्रदेश १ मा प्रदेश १ मा सङ्क्रमितको सङ्ख्या १२९ पुगेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।