|

रुकुम : रुकुम पश्चिम जिल्ला कारागार कार्यालयबाट गणतन्त्र दिवसको अवसरमा ४ जना कैदी रिहा भएका छन्। ५० प्रतिशत कैद भुक्तानी गरेका उनीहरुलाई सरकारले गणतन्त्र दिवसको अवसरमा बाँकी कैद मिनाहा गरेर रिहा गरेको हो।

रिहा हुनेहरुमा रुकुम पश्चिम आठबिसकोट नगरपालिका बलजीत कामी, रुकुम आठबिसकोट नगरपालिकाकै खडकबहादुर बिक, सिन्धुली हरिहरका रामकुमार शंकर र सल्यान कालिमाटिका भेलाप्रसाद थापा रहेको जिल्ला कारागार रुकुम पश्चिमका जेलर गौमता पुनले जानकारी दिइन्। उनीहरु सवारी र खोटाचलन लगायतका मुद्धामा जेल चलान भएका थिए।

सरकारको सिफारिसमा राष्ट्रपतिले संविधान दिवस तथा गणतन्त्र दिवसको दिन जघन्य अपराध गरेकाबाहेक अन्य प्रकृतिका कैदीहरुको ५० प्रतिशत कैदी मिनाहा भएका र अन्य चालाचलन राम्रो भएको मूल्यांकनको आधारमा बाँकी कैद मिनाह गरेर रिहा गरिँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.