|
फाइल फाेटाे

काठामाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधान संशोधनको प्रस्तावबारे पार्टी केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय गर्ने भएको छ। बिहीबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रवत्ता विश्‍वप्रकाश शर्माले कांग्रेस केन्द्रीय समितिबाट संस्थागत निर्णय गरेपछि संविधान संशोधनको प्रस्तावमा मत राखिने बताएका हुन्। 

संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावबारे शनिबार दिउँसो १ बजे केन्द्रीय कार्यसमिति बैठकमा छलफल हुने उनको भनाइ छ। ‘सरकारले संविधान संशोधनको प्रस्ताव ल्याएको छ। त्यो जुनबेला पारित हुन्छ त्यसबेला कांग्रेसले केन्द्रीय कार्यसमितिमा छलफल गरी निर्णय गरिसकेर संसदमा राष्ट्रिय स्वाभिमानको पक्षमा नक्साका पक्षमा उभिनेछौं,’ उनले भने, ‘त्यसबेला यो पास भएर जानेछ।’

उनले भारतीय संचामाध्यमले अनावश्यक हल्ला फैलाएको भन्दै त्यस्तो भ्रममा नपर्न पनि आग्रह गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.