|

काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ बजेट संसदमा प्रस्तुत गरिरहेका छन्। आर्थिक वर्ष २०७७/७८ को बजेट कोभिड-१९ ले ल्याएको संकटबाट देशलाई उठाउने गरी प्रस्तुत गरिने सरकारले जनाएको छ।

आगामी आर्थिक वर्ष २०७७(७८ को राजश्‍व र आयको विवरण (बजेट भाषण) संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आज अपराह्न ४ बजेदेखि मन्त्री खतिवडाले प्रस्तुत गरिरहेका छन्। 

नेपालको संविधानबमोजिम हरेक जेठ १५ गते सरकारले संसद्‍मा वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ। यो पटक कर्मचारीको तलबसहितका सुविधा बढ्ने छैनन्। सरकारले सामाजिक सुरक्षा भत्तामा पनि कटौती नगर्ने भएको छ।

यो वर्षको बजेट स्वास्थ्य र कृषिलाई केन्द्रित गरेर ल्याइँदैछ। ऊर्जा, सिँचाइ तथा नदी पथान्तरण (डाइभर्सन) आयोजनालाई आगामी बजेटमा विशेष प्राथमिकता दिइएएको छ। निर्माणाधीन ठूला आयोजना पूरा गर्ने लक्ष्य यो बजेटमा सरकारले लिएको छ। सरकारले केही महत्वाकांक्षी आयोजना सुरु गर्ने लक्ष्यसहित बजेट विनियोजन गर्दैछ।

सरकारले यसअघि जेठ २ मा ल्याएको नीति तथा कार्यक्रमका आधारमा केही महत्वपूर्ण र बहुउद्देश्यीय आयोजनालाई विशेष प्राथमिकता दिएको छ।

माथिल्लो तामाकोशी, मेलम्चीलगायतका राष्ट्रिय गौरवका आयोजना एक आर्थिक वर्षभित्र सक्ने तयारी सरकारले गरेको छ। यस्तै राष्ट्रिय गौरवका केही नयाँ आयोजनामा पनि बजेट राख्‍ने तयारी सकारको छ। 

लाइभ भिडियो

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.