|

काठडमाडौं: सरकारले कोरोनालगायत अन्य रोगबाट उत्पन्न हुने समस्या निराकरण गर्न ६ अर्ब रुपैयाँ विनियोजन गरेको छ। अर्थमन्त्री डा युवराज खतिवडाका अनुसार कोरोना महामारी र अन्य रोगबाट उत्पन्न हुने समस्याको निराकरणका लागि स्वास्थ्य क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गरिएको हो।

 गुणस्तीय स्वास्थ्य सेवा सहितको क्वारेन्टाइन गर्ने व्यवस्था मिलाउन, औषधी, उपकरणको लागि ६ अर्व बजेट विनियोजन गरिएको उनको भनाई छ।

यस्तै, सरकारले आगामी बर्ष भित्र सबै स्थानीय तहमा स्थापना हुने ५ देखि १५ बेडको अस्पताल निर्माणको लागि सरकारले १४ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ।  त्यस्तै गतवर्ष देखि नै निर्माण सुरु भएको स्थानीय तहलाई आवश्यक बजेट विनियोजन गरिएको अर्थमन्त्री यूवराज खतिवडाले जानकारी दिए।

आगामी आर्थिक वर्ष २०७७/७८ को राजश्‍व र आयको विवरण (बजेट भाषण) संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आज अपराह्न ४ बजेदेखि मन्त्री खतिवडाले प्रस्तुत गरिरहेका छन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.