|

काठमडौं : सरकारले संकटका बेला निजी अस्पताललाई निश्चित समयका लागि सरकारले नियन्त्रणम लिन सक्ने व्यवस्था गरेको छ। 

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो उल्लेख गरेका हुन्। उनले संकटको अवस्थामा निजी अस्स्पताललाई निश्चित समयका लागि नियन्त्रणमा लिन सक्ने व्यवस्था बजेटमार्फत गरिएको उल्लेख गरेका छन्। 

खतिवडाले अब निजी अस्पतालका चिकित्सकले निश्चित समयसम्म अनिवार्य सरकारी अस्पतालमा सेवा गर्नैपर्ने बताएका छन्। त्यसका लागि आवश्यक कानुनी व्यवस्था गरेर आगामी आवबाटै यो प्रावधान लागू गरिने उनले बताएका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.