|

काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि स्वास्थ्य मन्त्रालयको बजेट बढाएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले स्वास्थ्य मन्त्रालयको बजेट बढाएर ९० अर्ब ६९ करोड पुर्‍याइएको बताएका छन्। 

उनले स्थानीय तहम अस्पताल बनाउन १४ अर्ब रुपैयाँ छुट्याएको बताएका छन्। सबै स्थानीय तहमा स्थापना हुने ५ देखि १५ बेडको अस्पताल निर्माणको लागि सरकारले १४ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको हो। 

त्यस्तै गतवर्ष देखि नै निर्माण सुरु भएको स्थानीय तहलाई आवश्यक बजेट विनियोजन गरिएको अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.