|

काठमाडौं: सरकारले आगामी आर्थिक वर्षको बजेटमा प्रदेश र स्थानीय सरकारको बजेट यथावत राखेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले प्रदेशलाई ५५ अर्ब २९ करोड र स्थानीय तहमा ९० अर्ब ५ करोड समपूरक अनुदान दिने घोषणा बजेट भाषणमा गरेका छन्।

उनले आगामी वर्षको बजेटमा प्रदेशलाई ३५ अर्ब २५ करोड र स्थानीयलाई १ खर्ब ६१ करोड ससर्त अनुदान दिने घोषणा गरेका छन्। खतिवडाले  स्रोत खुम्चिए पनि बजेट नघटाइएको जानकारी दिएका छन्। 

खतिवडाले राजश्व परिचालनबाट आउने रकमबाट १ खर्ब ६१ अर्ब रुपैयाँ पनि प्रदेश र स्थानीय तहलाई दिने बताएका छन्। ९ अर्ब ९६ करोड समपूरक अनुदान दिने घोषणा उनले गरे। खतिवडाले विशिष्ट प्रकारको काम गर्न ९ अर्ब ९७ करोड पनि दिने बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.