|

काठमाडौं : सरकारले भक्तपुरबाट सुरु भएको रात्रिकालीन सम्पदा यात्रालाई देशका अन्य क्षेत्रमा पनि विस्तार गर्ने भएको छ। बिहीबार संघीय संसदका दुवै बैठकमा संयुक्तरूपमा बजेट भाषणका क्रममा अर्थमन्त्री युवराज खतिवडाले यस्तो बताएका हुन्।

बृहत्तर लुम्बिनी क्षेत्रको गुरुयोजना कार्यान्वयनमा ल्याइने पनि सरकारले जनाएको छ। विभिन्न स्थानीय तहमा ध्यान केन्द्र र सभाहल निर्माणलाई पूर्णता दिइने  भएको छ। यी क्षेत्रमा पूर्वाधार तयार भए पर्यटन उद्योग फस्टाउने सरकारको विश्वास छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.