काठमाडौं : काठमाडौंमा खानेपानी ल्याउन मेलम्ची खानेपानी आयोजनाको आधारभूत पूर्वाधार निर्माण आगामी आर्थिक वर्षमा सक्ने सरकारले जनाएको छ।
अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट प्रस्तुत गर्दै मेलम्चीको आधारभूत पूर्वाधार निर्माण सकेर आगामी आर्थिक वर्षको सुरुमा नै काठमाडौं उपत्यकामा पानी वितरण गर्ने बताएका हुन्। उनले मेलम्चीको दोस्रो चरणको काम सुरु गर्नका लागि ५ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।