|

काठमाडौं  : चर्को विवादमा परेको अमेरिकी परियोजना एमसिसी संसदबाट पास हुनै बाँकी छ। तर सरकारले एमसिसीमार्फत सञ्‍चालन हुने आयोजनालाई पनि बजेट विनियोजना गरेको छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटमा एमसिसी अन्तर्गतको परियोजनालाई बजेट छुट्याएका हुन्। सरकारले आगामी बजेटमा माथिल्लो तामोकोशी, माथिल्लो सान्जेन जलविद्युत आयोजना निर्माण पूरा गर्ने जनाएको छ।

ती आयोजना सकेपछि एक हजार ३०० युनिट विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिने छ। ती आयोजनाको विद्युत ल्याउन प्रसारण लाइनका लागि ३६ अर्ब २ करोड रुपैयाँ छुट्याएको हो।

सरकारले ४ अर्ब रुपैयाँ ग्रामीण विद्युतीकरणका लागि छुट्याएको छ। सरकारले ५० हजार बायोग्यास निर्माण गर्ने जनाएको छ। सरकारले ४ अर्ब १३ करोड रुपैयाँ वैकल्पिक ऊर्जामा छुट्याएको छ।

सरकारले ठूला सहरमा बिजुलीको तार भूमिगत गर्ने भएको छ। काठमाडौंमा तार भूमिगत अभियान सुरु भइसकेको छ। अब ललितपुर, भक्तपुर र चितवनमा यसलाई थालिने भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.