|

सल्यान : संवैधानिक समितिका पूर्वसभापति निलाम्बर आर्चायले संविधान कार्यन्वयनका लागि तीन दल मिल्नुको विकल्प नरहेको बताएका छन्। प्रमुख तीनदल एक ठाउँमा नआउँदासम्म संविधान कार्यन्वयन सहज नहुने र तीन तहको निर्वाचन हुन नसक्ने उनले बताए।

गृहजिल्ला सल्यानमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पूर्वसभापति आचार्यले अरुको बहाना बनाएर सरकार निर्वाचनबाट पन्छिन नहुने बताए। ‘संविधान कार्यन्वयन गर्न र संविधानको प्रमुख अंगको रुपमा रहेको निर्वाचनलाई सम्पन्न गर्नको लागि प्रमुख तीन दल काँग्रेस, एमाले र माओवादी एकठाँउमा विकल्प छैन,’ उनले भने। 

तीनै तहका निर्वाचन गराउन समस्या रहेको उनले बताए। सरकार नै निर्वाचनबाट पछि हटेको उनको आरोप छ। उनले संविधान संशोधन विधेयक संविधान विपरित रहेको दाबी गरे।

‘सिमांकनको हेरफेर गर्ने जिम्मा प्रदेश सभालाई संविधानले स्पष्ट रुपमा दिइसकेको अवस्थामा संविधानको भावना विपरित जान मिल्दैन,’ उनले भने,‘संविधानको भावना र मर्म विपरित गएर जसरी संविधान संशोधन ल्याइएको छ। त्यो राष्ट्र र जनताप्रति हितकर छैन्।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.