|

भद्रपुर, झापा : भद्रपुरका एक जनामा कोरोना सङ्क्रमित पुष्टि भएको छ। भद्रपुर नगरपालिका ५ स्थित वडा शङ्कर टोल बस्ने ३७ वर्षीय पुरुषमा कोरोना भेटिएको हो।

कलवलगुरी प्रशिक्षण केन्द्रको क्वारेनटाइनमा बसेका उनी जेठ ७ गते भारतको मुजफरपुरबाट आएका थिए। भद्रपुर  गलगलिया नाकाबाट लुकिछिपी प्रवेश गरेका उनलाई सोजै क्वारेनटाइनमा लगेर राखिएको थियो। 

क्वारेनटाइनमा बसेका उनको स्वाब सङ्कलन गरी पीसीआरका लागि कोसी अस्पताल विराटनगरको प्रयोगशालामा पठाएको थियो। पीसीआर परीक्षणमा उनको कोरोना रिपोर्ट पोजेटिभ आएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिए। 

भद्रपुरमा आएका उनलाई क्वारेनटाइनमा लगेर राखिएकोले वडामा संक्रमण फैलिने त्रास नरहेको ५ नम्बर वडा अध्यक्ष बन्धु कार्कीले जानकारी दिए। बिहीबार मात्रै झापामा २६ जना सङ्क्रमित थपिएको प्रमुख जिल्ला अधिकारी राना मगरले जानकारी दिए। कचनकवलमा २५ र भद्रपुरमा एक जना थपिएका हुन।  

यो सँगै झापामा कोरोना सङ्क्रमितको सङ्ख्या ८० पुगेको छ। त्यसमध्ये कचनकवलमा ७३, बाह्रदशी र गौरदाहमा दुई दुई जना, दमक र झापा गाउँपालिकामा एक एक जना थपिएका थिए। दमक र बाह्रदशीका गरी दुई जना निको भएर घर फर्किसकेका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.