राजनीति

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम आज पेश हुँदै

जेठ १६, २०७७

    सुर्खेत : कर्णाली प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम शुक्रबार प्रदेशसभामा पेश गर्दैछ। 

    कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले प्रदेशसभामा आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। प्रदेशसभाको बैठक दिउँसो ३ बजे बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ।

    सरकारले आगामी असार १ मा करिब ३३ अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी गरेको छ। गत वर्षभन्दा केही घटेर बजेट ल्याउने तयारी गरिएको आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले जानकारी दिए। उनका अनुसार आगामी बजेट विशेषगरी स्वास्थ्य र उत्पादनमा केन्द्रित गरिने छ। अघिल्लो वर्षजस्तो धेरै स्रोत समेत नभएकाले यो वर्ष सरकारले घटेर बजेट ल्याउन लागेको  जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]