|
Photo : nayapage.com

काठमाडौं : नेपाली सेनाले आयोजना गरेको ‘प्रधान सेनापति खुल्ला म्याराथन दौड’ नेपाल प्रहरीका भूमिराज राईले जितेका छन्।  सेना दिवस तथा महाशिवरात्रीको अवसरमा ‘युनाइटेड वि स्ट्यान्ड, कम स्ट्यान्ड विथ अस’भन्ने नारासहित प्रतियोगिता आयोजना गरिएको हो। 

४२.१९५ किलोमिटर दूरी भूमिराजले २ घण्टा २४ मिनेट १३ सेकेन्डमा पुरा गरेका थिए। उनले स्वर्णसँगै १ लाख रुपैयाँको चेक र यामहा मोटसाइल जितेका छन्। 
प्रतियोगितामा पूरुषतर्फ २१ किलोमिटर दौड नेपाली सेनाका कल्याण बानियाँले जिते।

उनले यामहा मोटसाइल पुरस्कार जिते। महिलातर्फ २१ किलोमिटर दौड सेनाकी विश्वरुपा बुढाले जितिन्। उनले यामहा स्कुटर पुरस्कार पाइन्। पुरुष तर्फको १० किमी दौडमा नेपाली सेनाका रोहण श्रेष्ठले स्वर्ण जिते। महिलातर्फ १० किमी दौडमा श्रुती कुँवरले स्वर्ण जितिन्। 

छात्र तर्फको ५ किमी दौडमा सैनिक आवासीय महाविद्यालय, सल्लाघारीका सुरेश थापा मगर र छात्रातर्फ ५ किमी दौडमा विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयका संगिता खड्काले स्वर्ण जिते। विजयी खेलाडीहरुलाई प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीले पुरस्कार, मेडल तथा प्रमाणपत्र वितरण गरे। 
कार्यक्रममा एथलेटिक्सका ८ जना पूर्व खेलाडीलाई  सम्मान गरिएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.