|

दङ : दलित अधिकारका क्षेत्रमा क्रियाशील जिल्लाका व्यक्ति तथा संस्थाहरुले पश्चिम रुकुममा केही दिनअघि भएकाे बीभत्स हत्याविरुद्ध आन्दोलन सुरु गरेका छन्।

उनीहरुले दोषीलाई कडा कारबाहीको माग गरेका छन्। दलित नागरिक समाज दाङ, नेपाल दलित विद्यार्थी समाजलगायत संस्थाले उच्चस्तरीय छानबिन समिति गठन, अपराधिक घटनामा संलग्नलाई आजीवन कारबासको माग गरेका छन्। साथै ज्यान गुमाउने व्यक्तिलाई सहिद घोषणा गर्न मागसमेत गरेका छन्। 

सडकबाट निरन्तर दबाब सिर्जना गर्ने र बेपत्ताको तत्काल खोजी र घाइतेको उपचार गर्नुपर्ने मागसहित सडक आन्दोलन सुरुवात गरिएको दलित अधिकारकर्मी निर्मल नेपालीले बताए।

आज बिहीबार बिहान उनीहरुले तुलसीपुरको बिपी चोकमा एक घण्टा अनसन बसेर घटनाकाे विरोध जनाएका हुन्। त्यसैगरी आजै जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रीको ध्याणाकर्षण बनाउने कार्यक्रम रहेको बताएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.