|

काठमाडाैं : आगामी आर्थिक वर्ष २०७७/०७८ मा केन्द्र सरकार मार्फत प्रदेश र स्थानीय सरकारले पाउने अनुदानको विवरण आज अर्थमन्त्रालयले सार्वजनिक गरेको छ।

आज अर्थमन्त्रालयले आफ्नो वेबसाइटमार्फत समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदानको शीर्षकमा सातवटा प्रदेश र ती प्रदेशका पालिकाहरुलाई विनियोजन गरिएको बजेट सार्वजनिक गरेको हो। 

अर्थमत्रालयका अनुसार सातवटा प्रदेशलाई ९९ अर्ब ८७ करोड ३७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ भने सबै प्रदेशका नगर तथा गाउँपालिकाहरुलाई तीन खर्ब ६३ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ। 

प्रदेश १ ले १५ अर्ब ११ करोड ३८ लाख रुपैैयाँ, प्रदेश २ ले १३ अर्ब ४० करोड ५९ लाख रुपैयाँ, बागमती प्रदेशले १४ अर्ब ८६ करोड ९८ लाख रुपैयाँ, गण्डकी प्रदेशले १३ अर्ब ३५ लाख ९९ लाख, प्रदेश ५ ले १४ अर्ब ६ करोड ९६ लाख, कर्णाली प्रदेशले १४ अर्ब ८३ करोड ६५ लाख र सुदूरपश्चिम प्रदेशले १४ अर्ब २१ करोड ८२ लाख रुपैयाँ पाएका छन् । 

कुन प्रदेशले कति पाए, कुन पालिकाले कति बजेट पाए भन्ने थाहा पाउन यहाँ क्लिक गर्नुस :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.